१२ श्रावण २०८१, शनिबार

हेलिकोप्टर दुर्घटना इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन


इब्राहिम रायसी

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । हिजो आइतबार खराब मौसममा उनी सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

राष्ट्रपति रायसी सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो । हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !