३ असार २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

एमाले, कांग्रेस र माओवादी केन्द्रका तीन शीर्ष नेताहरुबीच सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन बालुवाटारमा आज बिहान ९ बजे शीर्ष नेताहरुबीच छलफल हुने तय भएपनि देउवाले आफू अस्वस्थ्य भएको बताएपछि प्रधानमन्त्री प्रचण्ड काँग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए ।

यद्यपि पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्थाका बीच दुई प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुरुमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच ‘वान टु वान’ वार्ता भएपछि कांग्रेसका केही नेताहरु उक्त छलफलमा मिसिएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले सदनमा देखिएको गतिरोध र अहिलेको राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्न अनुरोध गरेका थिए ।

प्रचण्डको अनुरोधलाई सभापति देउवाले आफूहरूले उठाएको माग जायज भएको र सहकारीपीडितलाई न्याय दिने कुरामा कांग्रेस नचुक्ने भन्दै कांग्रेसको माग पूरा गर्न उनले पनि अनुरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !