, विदेशमन्त्री आजदेखि युरोप भ्रमणमा

विदेशमन्त्री आजदेखि युरोप भ्रमणमा

९ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लाग्नुभएको हो । उहाँ यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहनुहुने जानकारी प्रवक्ता जाओले दिनुभएको हो ।