२० बैशाख २०८१, बिहिबार

डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले डिलिट गर्‍यो


Donald Trump

एजेन्सी, साउन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले हटाइ दिएको छ । महामारी कोभिड-१९ का बारे झुठो जानकारी बताएको भन्दै फेसबुकले बुधबार ट्रम्पको फेसबुक पेजबाट सो पोस्ट हटाइ दिएको हो ।

उक्त पोस्ट राष्ट्रपति ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको भिडियो रहेको थियो । उनले उक्त अन्तरवार्ता बुधबार बिहान दिएका दिएका थिए ।भिडियोले फेसबुकको नीति उल्लंघन गरेकाले उक्त भिडियो हटाउनु परेको फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनाइ जारी गर्दै बताएका छन् ।

‘यो भिडियोमा कोभिड-१९ बाट मानिसको एक समूह प्रतिरक्षा गर्छ भन्ने झुठो विवरण प्रस्तुत भएको छ’, उनले भनेका छन्, ‘जसले हाम्रो नीतिको उल्लंघन भएको छ ।’ स्टोनले विशेषगरी ट्रम्पको बालबालिकासँग कोरोना भाइरसँग लड्ने प्रतिरक्षा प्रणाली हेने दाबी झुठो भएको जसले फेसबुकको नीति तोडेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !