२५ बैशाख २०८१, मंगलबार

इन्डोनेसियाका राष्ट्रपतिको कोरोना परीक्षणको नतिजा सार्वजनिक


जोको विडोडो

जाकार्ता, १० साउन । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उहाँको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् ।

परीक्षणपछिको नतिजा अनुसार उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन । “नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद छ, राष्ट्रपति स्वस्थ हुनुहुन्छ,” राष्ट्रपतिको सचिवालयका प्रमुख बुडी हार्टोनोले सञ्चारमाध्यमसँग भन्नुभयो ।

कोरोना परीक्षणका लागि राष्ट्रपति विडोडाको स्वाव शुक्रबार दिउसो संकलन गरिएको पनि हार्टोनोले शनिबार जानकारी दिनुभयो । उहाँलाई भेट्न गएका अर्का एक नेतालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले राष्ट्रपतिलाई पनि सरेको हुनसक्ने आशंकाले उहाँको परीपक्षण गरिएको हो ।

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनेगरी उच्च सतर्कता अपनाइएकाले उहाँलाई नसरेको अधिकारीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !