२१ बैशाख २०८१, शुक्रबार

अमेरिकी विदेशमन्त्री पोम्पेओ आगामी हप्ता बेलायत र डेनमार्क जाने


माइक पोम्पेओ

वासिङ्टन, १ साउन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ ।आगामी हप्ताको शुरुमै उहाँ त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लाग्नुभएको हो ।

उहाँले भन्नुभएको छ – आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !