१४ बैशाख २०८१, शुक्रबार

रुट परमिट नभएका बस फिर्ता, १४ जिल्लाका यात्रु बाटोमै अलपत्र


people in bus top nepal

३ भदौ, काठमाडौं । अरनिको यातायात सेवा समितिसहतिका १२ वस व्यवसायी संघले काभ्रेपूर्व १४ जिल्लाका यात्रुलाई काठमाडौंबाट बिहीबार बिहान काभ्रेको भकुन्डेबेसी लगर अलपत्र पारेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले रोड परमिटविना गाडी चलाउन नपाउने भनेपछि व्यवसायीले यात्रुलाई बीच बाटोमै अलपत्र छाडेका आजको राजधानी दैनिकमा समाचार छ ।

व्यवसायीले बिहिबार बिाहान काठमाडौंबाट ती जिल्लामा जाने यात्रुको टिकट काटेर लगेका थिए । काभ्रेमको भकुन्डेबेसीसम्मको परमिट लिएका व्यवसायीले काभ्रेपूर्वका १४ जिल्लाका विभिन्न स्थानमा जाने यात्रु लिएर गएका हुन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा परमिट नलिएका गाडी चल्न नदिने भनेपछि व्यवसायीले यात्रुलाई बाटैमा छोडेर टिकटको पैसा फिर्ता दिएका छन् ।

रोड परमिट भएको स्थानसम्म मात्र याु बोक्न पाइने प्रहरीको भनाइपछि आफूहरुले यात्रुलाई बीचमै छाड्नुपरेको अरनिको यातायात व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भारतीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !