२३ बैशाख २०८१, आइतबार

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ


खजन्ती पासवान

काठमाडौं । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि आज बुधबार बिहान शंकास्पद वस्तु भेटिएको थियो ।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । यद्यपि शंकास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जनाएको छ । नेपाली सेनाका अनुसार नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको बताइएको छ ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरेको हो । घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको पनि प्रहरीले बताएको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !