२७ बैशाख २०८१, बिहिबार

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर


चुडामणि शर्मा

काठमाडौं । कर फर्छ्यौट आयोग भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको हो ।

कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत र सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज बुधबार उनीहरूलाई राजस्व चुहावट मुद्दामा दोषी ठहर गरेको हो । उनीहरुलाई सजायका लागि आगामी जेठ २५ गते अर्को पेसी तोकिएको पनि छ ।

सरकारले गठन गरेको उक्त आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !