१५ बैशाख २०८१, शनिबार

नवलपुरको धौवादीमा जीप दुर्घटना : घटनास्थलमै २ जनाको मृत्यु


नवलपुरको धौवादीमा जीप दुर्घटना

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ । नवलपुरको दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ज-०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित ७ जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप ३०० मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !