२४ बैशाख २०८१, सोमबार

प्रचण्ड पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना


सीता दाहाल फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि हिजो ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो लक्षण देखिने प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित सीता मधुमेह र उच्च रक्तचापको समेत समस्या देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !