२३ बैशाख २०८१, आइतबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको फैसला : न्यायाधीशहरुको राय बाँझियो


सर्वोच्च अदालत

काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेबारे सर्वोच्च अदालतका न्यायाधीशहरुको राय बाँझिएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कि सोको विकल्प खोज्ने भन्ने सम्बन्धमा न्यायाधीशहरुको राय बाझिएको हो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बारेमा तीन न्यायाधीशहरुले विकल्पको खोजी गर्नुपर्ने राय दिएका छन् भने दुई न्यायाधीशले निजगढमै बनाउनुपर्ने राय दिएका छन् ।

दुई न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने उल्लेख गरेका छन् । तर अरु तीन जना न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले भने ठाउँको बारेमा चुप बसेका छन् । यस्तो खालको विमानस्थल कहाँ निर्माण गर्नेबारे भने उनीहरु नबोलेका हुन् ।

तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् । तर बहुमतको फैसला कार्यान्वयन हुनेछ । यद्यपि तीन सदस्य सहमत भएको रायलाई नै बहुमत राय मानिँदै फैसला मानिने भएकाले बहुमतको फैसला कार्यान्वयन हुने हुनाले न्यायाधीश दुई न्यायाधीशको रायलाई फैसलाको अंशको रुपमा लिइएको छ ।

दुई न्यायाधीशले राज्यको ठूलो स्रोत साधान खर्च भइसकेकाले निजगढमा कम वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय बनाउन उपयुक्त हुने राय दिएका हुन् ।निजगढ विमानस्थलसम्बन्धमा सर्वोच्च दिएको आदेशमाथि न्यायाधीशहरुको राय बाझिएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसलाको आज बुधबार पूर्णपाठ सार्वजनिक गरिएको हो ।

यस्तो छ हेर्नुहोस् सर्वोच्चले जारी गरेको परमादेशको पूर्णपाठ

यो पनि पढ्नुहोस् 

न्यून वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !