२५ बैशाख २०८१, मंगलबार

जिल्ला अदालत सिराहाका दुई न्यायधिश चढेको कार दुर्घटना


दुर्घटना

काठमाडौँ । जिल्ला अदालत सिराहाका दुई न्यायधीश चढेको कार दुर्घटना भएको छ । जिल्ला अदालत सिराहाका न्यायधीशहरु पुष्पराज थपलिया र ध्रुवकुमार उप्रेती चढेको कार जनकपुरमा दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्तगत धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा भएको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका न्यायधीशहरु थपलिया र उप्रेतीलाई थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरवाट काठमाडौँ ल्याई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले नेपालपत्रलाई जानकारी दिए ।

पश्चिम दिशाबाट पूर्व दिशातर्फ जाँदै गरेको न्यायाधीश सवार बा.२ झ. ३९२५ नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ना.१ ज. ६५०७ नम्बरको विंगर ठोकिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइते भएका न्यायधीशहरुको स्वास्थ्य अवस्था बुझ्न का. मु. प्रधानन्यायाधीश दिपककुमार कार्की, मुख्य रजिस्ट्रार लालबहादुर कुँवर लगायतको टोली मेडिसिटी अस्पताल पुगेको प्रवक्ता पौडेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !