२५ बैशाख २०८१, मंगलबार

संघीय संसद भवनको १ नम्बर गेट अगाडि राखिएको ‘प्रेसर कुकर बम’ डिस्पोज


संसद भवन ‘प्रेसर कुकर बम’ डिस्पोज

काठमाडौं । संघीय संसद भवनको १ नम्बर गेट अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको ‘प्रेसर कुकर बम’ सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !