२२ बैशाख २०८१, शनिबार

नवलपुरको चोरमारा बजारमा बिरेनुनमा अन्य नुन मिसाएर धमाधम बिक्री


बिरेनुन

नवलपुर । बजारमा बिरेनुनमा अन्य नुन मिसाएर धमाधम बिक्री गरेको पाइएको छ । नवलपुरको चोरमारा बजारमा हिजो फागुन ११ गते बुधबार हाम्रा वरिष्ठ संवाददाताले यस्तो नुन फेला पारेका हुन् ।

बाग्लुंग कालिका मसला उद्योग गैडाकोट, नवलपरासीद्वारा उत्पादित उक्त बिरेनुन नुनमा अन्य नुन मिसाएर धमाधम बिक्री गरिएको पाइएको छ । यस्ता नुनले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले उपभोक्ता समयमै सजग हुन जरुरी छ ।

यस विषयमा नवलपुर उद्योग बाणिज्य संघलाई हामी ध्यानाकर्षण गराउदछौ । उद्योग बाणिज्य संघले नवलपुरले जिल्लाभरीका सवै बजारको अनुगमन गर्न जरुरी छ । बिरेनुन सेवन गर्नेहरुले बजारमा पाइने पाउडर नुनको सट्टामा सिङ्गो बिरेनुन नै सेवन गर्ने बानी बसाल्न नेपालपत्र आम सर्वसाधारण आग्रह समेत गर्दछ ।

यो पनि पढ्नुहोस्

नवलपरासीको चोरमारा बजारको अनुगमन सुधारोन्मुख

नेपालपत्र समाचार प्रभाव : नवलपरासीको चोरमारा बजारमा अव सामान सस्तोमा पाइने

गाउँमा भन्दा नवलपरासीको चोरमारा बजारमा हरेक सामान महँगो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !