५ जेष्ठ २०८१, शनिबार

गाउँमा भन्दा नवलपरासीको चोरमारा बजारमा हरेक सामान महँगो


चोरमारा बजार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकास्थित चोरमारा बजार व्यवस्थापन कमजोर हुनाले बजार खस्कदो अवस्थामा पुगेको अनुभव गर्न सकिने भएको छ । बजारमा हरेक सामान महंगो भएको जनगुनासाहरू आय दिन सुन्न पाइएको र चोरमारा बजारमा घरदेखि सवै महंगो हुनाले अन्य सामान महंगो भएको हुन सक्ने केहि बुद्धिजीवीको मत रहेको छ ।

नवलपुर मध्येविन्दु यातायात प्रालिका अध्यक्ष समेत रहेका काफ्ले इन्टरप्राइजेजका प्रोप्राइटर हिरामनी काफ्लेका अनुसार मध्यविन्दुमा हरेक चिज महंगो भएको बताएका छन् । उनले बजार भन्दा गाउँमा सामान सस्तो भएको बताए । चोरमारा बजारमा व्यवसाय गर्ने पसलेहरुका अनुसार कोरोनाको महामारी हुँदा समेत यहाँ पसल लगायत कार्यालयको घर भाडा समेत महँगो भएको पाइएको छ ।

बजारमा समय समयमा अनुगमन भएतापनि यसतर्फ ध्यान नपुगेको जनगुनासाहरू सुनिन थालेका छन् । चोरमारा बजारमा हरेक बस्तु महंगो हुनाले ग्राहक कम भएको गुनासाहरू सुन्न थाल्नु सिंगो बजारको हकमा राम्रो होइन यसतर्फ बजार विकास र उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराउन चाहन्छु ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !