२२ बैशाख २०८१, शनिबार

नेपालपत्र समाचार प्रभाव : नवलपरासीको चोरमारा बजारमा अव सामान सस्तोमा पाइने


चोरमारा बजार

नवलपरासी, मंसिर २८ । गत मंसिर २५, २०७८ शनिबारको समाचारको प्रभावले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकास्थित चोेरमारा बजारमा बहस शुरू भएको र अन्य बजारको तुलनामा सामान खरिद गर्दा सस्तोमा पाइने भएको देखिएको छ । हामीले यस विषयमा बुझ्दा बजारमा सामान सस्तो भएपनि बजारलाई बदनाम गर्ने खालका समाचार छिमेकी बजारहरूले गरेको पाइएको छ ।

बिगतमा चोरमारामा बजार व्यवस्थापन र अनुगमन नहुँदा गाउँमा भन्दा चोरमारा बजारमा घरभाडादेखि हरेक सामान महंगो भएको उपभोक्ताहरुको जनगुनासाहरू आएकोले सोको व्यवस्थापन र अनुगमन गर्न जरुरी देखिएकोले समाचार प्रकाशित भएको थियो ।

चोरमारा बजारमा व्यवसाय गर्ने पसलेहरुका अनुसार कोरोनाको महामारी हुँदा समेत यहाँ पसल लगायत कार्यालयको घर भाडा समेत महँगो भएको पाइएको थियो । चोरमारा बजारमा हरेक बस्तु महंगो हुनाले ग्राहक कम भएको गुनासाहरू सुन्न थाल्नु सिंगो बजारको हकमा राम्रो नभएकोले यसतर्फ बजार विकास र उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराइएको थियो ।

बजारमा अबदेखि बिल अनिवार्य उपलब्ध हुने भएको र महंगो सामान बेचेको पाइएमा कारवाही समेत हुन सक्ने केहि बुद्धिजीबी, स्थानीय र व्यापारीहरूको मत रहेको छ । स्थानीय व्यापारीहरूका अनुसार चोरमारा बजारलाई महंगो भनेर बदनाम गर्ने केहि व्यक्तिहरू बजारमा बढी भिडभाड देखेर लागेको पाइएको छ।

यसको पछाडि सवैभन्दा टाढा-टाढाबाट चोरमारा बजार गर्न आउने गरेको देखेर शायद यस्तो बदनाम गराउन खोजेको हुन सक्ने अनुमान गरिएको छ । चाहे जे होस यो समाचारले ठूलो परिबर्तनतर्फ बजार लागेको छ । यस्ता समाचारलाई प्राथमिकता दिंदा आम नागरिकले समान खरिद गर्दा महंगोमा नभई सस्तोमा सामान पाउने देखिएको छ ।

आज सवैभन्दा महंगो बढी उपभोग्य चामल, दाल, तेल मर मसला र सागसब्जी जस्ता वस्तु हरेक ठाउमा उपलब्ध हुने भएकाले यस्ता वस्तुको भाउ महंगो भए चाँडो थाहा हुने गरेको हुन्छ । यस्ता बस्तुलाई खरिद गर्दा सामान्य व्यक्तिलाई समेत यस्को भाउ थाहा हुने भएकाले बजारमा सामान खरिद गर्दा महंगो भएको पाइएमा त्यस्ता सामानको महंगो हुनुको कारण ब्यापारिले दिनुपर्ने र गलत पाइएमा कारबाही समेत हुन सक्ने जानकारी हामीलाई प्राप्त भएको छ ।

२५ गतेको समाचारले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखरे अघि बढ्ने पोजेटिभ सन्देश बजारमा प्रवाह भएको देखिएको छ । नजिक-नजिकका बजारका मान्छेहरु आवश्यक सामान खरिद गर्न चोरमारा धाउने गरेकाहरूलाई कसरी मोड्न सकिन्छ भनेर यस्तो राजनीति खेलेको पाइएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यस्तो थियो हेर्नुहोस् नेपालपत्रमा गत मंसिर २५ गते प्रकाशित समाचार

गाउँमा भन्दा नवलपरासीको चोरमारा बजारमा हरेक सामान महँगो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !