२२ बैशाख २०८१, शनिबार

नवलपरासीको चोरमारा बजारको अनुगमन सुधारोन्मुख


चोरमारा बजार

नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालिका चोरमारा बजार पहिलेको तुलनामा अहिले धेरै राम्रो देखिएको छ । बजार व्यवस्थापनका लागि नेतृत्वहरूको पहिलेको तुलनामा चहलपहल बढि भएको महसुस गरिएको छ । हरेक बजारमा त्यहाँको बजार बिकास कमजोर भए यसको असर सिंगो बजारलाई पर्न जाने हुन सक्छ ।

बजारलाई व्यवस्थित बनाउन बजार बिकास समितिको आवश्यक महसुस हुदैछ । हिजो बजार समितिले गरेका काम धेरै थिए तर केही बर्ष यता बजार समिति गठन नहुनाले एकतन्त्र लागु हुने गरेको जनगुनासाहरू सुनिन थाकेका छन् ।

यस्ता काममा नगरपालिकाले पनि चासो दिनुपर्ने देखिन्छ । बजार कमजोर भए यसको असर बजारलाई मात्र होइन यस क्षेत्रको विकासमा समेत कठिनाई हुन सक्छ । यस्ता विषयमा नगर प्रमुखको दायित्व बजार विकासका लागि बजार समितिको चुनाब गराएर बजार बिकासतर्फ सबैको ध्यान दिलाउनुपर्ने समय आएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालपत्र समाचार प्रभाव : नवलपरासीको चोरमारा बजारमा अव सामान सस्तोमा पाइने

गाउँमा भन्दा नवलपरासीको चोरमारा बजारमा हरेक सामान महँगो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !