२४ बैशाख २०८१, सोमबार

राष्ट्रियसभा निर्वाचनमा आउँदै गर्दा प्रदेशसभा सदस्य चढेको कार दुर्घटना


प्रदेशसभा सदस्य चढेको कार दुर्घटना

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य चढेको कार दुर्घटना भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आउँदै गर्दा दाङको घोराहीमा स्कारपियो कार दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् ।

महेन्द्र राजमार्गको धानखोला र भालुबांगको वीचमा प्रदेशसभा सदस्य चौधरी चढेको बा २ झ ३४४४ स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङ स्रोतले बताएको छ ।

रुपन्देहीका एमालेका सांसद चौधरी र एक जना स्थानीय पालिकाको उपप्रमुख चढेको स्कारपियो ट्रकसँग ठोक्किँएको प्रहरीले जनाएको छ । सांसद चढेको स्कारपियो प्रहरीका अनुसार दुर्घटनामा सांसदसहित २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !