२३ बैशाख २०८१, आइतबार

रौतहट दुर्घटना (अपडेट) : मृतकको संख्या ६ जना पुग्यो


रौतहटको जयनगरमा जीप दुर्घटना

रौतहट । रौतहटमा भएको स्करपियो कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । ८ जना सवार कार दुर्घटना हुँदा घाइते भएका २ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भई रहेको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु लगायतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत जयनगरमा भारतीय नम्बर प्लेटको बिआर ०५ पिए ६९५३ कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनाग्रस्त कारले रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती लिएर गएको थियो ।

विवाहको कार्यक्रम सकेर घर फर्कने क्रममा उक्त कार आज मंगलबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जीप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ । उक्त कार अचानक पोलमा ठोक्किएर सडकबाट तल खसेको थियो ।

मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

रौतहटको जयनगरमा जीप दुर्घटना : ४ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !