१३ बैशाख २०८१, बिहिबार

रौतहटको जयनगरमा जीप दुर्घटना : ४ जनाको मृत्यु


रौतहटको जयनगरमा जीप दुर्घटना

रौतहट । रौतहटको जयनगरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

रौतहटको गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको जीप आज मंगलबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जीप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा मृत्यु हुने सवै ४ जनाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन । मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुने ४ जना नै भारतीय नागरिक हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जन्ती बोकेर गएको उक्त दुर्घटनाग्रस्त जीपमा ८ जना सवार रहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !