१८ बैशाख २०८१, मंगलबार

काठमाडौँको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


दुर्घटना

काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल बिहान करिब साढे २ बजे अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !