७ बैशाख २०८१, शुक्रबार

‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !


‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुलाई कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की आएको छ ।

चार जनाको समूहमा आएका युवाले नेपाल बार एसोशिएसन परिसरमा प्रवेश गरेर आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका थिए । एक-एक वकिलहरूलाई ठोक्छु र कोट च्यात्छु भन्दा आक्रोशित भएका एक अपरिचति व्यक्तिले आफू अमेरिकन इगल भएको बताएका थिए ।

अपरिचत बिना सरोकारका व्यक्तिहरु बारमा प्रवेश गरेर अचानक कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गरेका थिए । ती व्यक्तिहरुले गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका थिए । सोही क्रममा केहीबेर बार परिसर तनावग्रस्त भएपनि प्रहरीले उनीहरुलाई त्यहाँवाट हटाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

प्रधानन्यायाधीशले फुलकोर्ट राखेपछि बारले बोलायो आकस्‍मिक बैठक

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !