१४ बैशाख २०८१, शुक्रबार

बारको आन्दोलनमा सरकार लचक : सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो


सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ । यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन आग्रह गरेका थिए ।

नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएपछि त्यसलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसरी कानुन व्यवसायीहरुको विरोधपछि सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइएको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

तर आज सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुको अवरोधका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्चको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा सर्वोच्च पुगेका हुन् ।

हिजो बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि सशस्त्र खटाइएको थियो । प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि अहिले सर्वोच्च परिसरभित्र हुलदंगा मच्चिएको थियो । सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न नेपाल प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाको निर्देशन : बारको आन्दोलनमा हस्तक्षेप नगर्नु

मूल गेटमा वकिलहरुको अवरोधका वावजुद चोरबाटोवाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

प्रधानन्यायाधीशले आफूलाई भने तोकेनन् इजलास, ८ इजलासलाई २२३ मुद्दा

वरिष्ठ अधिवक्ताले गृहमन्त्रीलाई फोन गर्दै भने- आधा घण्टाभित्र सुरक्षाकर्मी हटाउनुस्

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !