१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशले आफूलाई भने तोकेनन् इजलास, ८ इजलासलाई २२३ मुद्दा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज भने आफूलाई इजलास तोकेका छैनन् । नेपाल बार एशोसिएसनको आन्दोलनको कारणले हच्किएर प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोकी ८ वटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

उनले आफूबाहेकका ८ वटा संयुक्त इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबराले हिजो बिहीबार भने सबै प्रकृतिका मुद्दा हेर्नेगरी १० वटा इजलास तोकेपनि न्यायाधीशहरु भने इजलासमा फर्किएका थिएनन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

यद्यपि प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीहरूको अवरोध छिचोल्दै चोरबाटो प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

वरिष्ठ अधिवक्ताले गृहमन्त्रीलाई फोन गर्दै भने- आधा घण्टाभित्र सुरक्षाकर्मी हटाउनुस्

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !