कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए Nepalpatra कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए
११ मंसिर २०७८, शनिबार

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार


दिलेन्द्र प्रसाद बडू

काठमाडौँ । कानुन व्यवसायीको आन्दोलन नरोकिएर थप चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।

हिजो विहीबार मात्र वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि आज शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।

हिजो वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती कानुन मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।

उनीहरुले कानुनमन्त्रीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई वाट हटाउन गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !