१३ बैशाख २०८१, बिहिबार

मूल गेटमा वकिलहरुको अवरोधका वावजुद चोरबाटोवाट सर्वोच्च छिरे प्रधानन्यायाधीश


चोलेन्द्र शमसेर जबरा

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुको अवरोधका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका छन् ।

कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्चको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा सर्वोच्च पुगेका हुन् । नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले आज भने आफूलाई इजलास तोकेका छैनन् । नेपाल बार एशोसिएसनको आन्दोलनको कारणले हच्किएर प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोकी ८ वटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले आफूलाई भने तोकेनन् इजलास, ८ इजलासलाई २२३ मुद्दा

वरिष्ठ अधिवक्ताले गृहमन्त्रीलाई फोन गर्दै भने- आधा घण्टाभित्र सुरक्षाकर्मी हटाउनुस्

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !