७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाको निर्देशन : बारको आन्दोलनमा हस्तक्षेप नगर्नु


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

तर आज सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुको अवरोधका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्चको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा सर्वोच्च पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बार महासचिव लिलामणि पौडेलले बताएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्रीसँग कुरा गरेर गृहमन्त्री र महानिरीक्षकलाई हस्तक्षेप नगर्न भनेको पौडेलले बताएका हुन् ।

कानुन व्यवसायीको आन्दोलन नरोकिएर थप चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मात्रै कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका थिए ।

यो पनि पढ्नुहोस्

मूल गेटमा वकिलहरुको अवरोधका वावजुद चोरबाटोवाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

प्रधानन्यायाधीशले आफूलाई भने तोकेनन् इजलास, ८ इजलासलाई २२३ मुद्दा

वरिष्ठ अधिवक्ताले गृहमन्त्रीलाई फोन गर्दै भने- आधा घण्टाभित्र सुरक्षाकर्मी हटाउनुस्

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !