२२ बैशाख २०८१, शनिबार

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ


संखुवासभा सामूहिक हत्याकाण्ड

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा लोकबहादुर कार्कीका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएसंगै घटनाले ट्विस्ट लिएको हो । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

संखुवासभा सामूहिक हत्याको बारेमा विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक

संखुवासभा सामूहिक हत्याकाण्ड : आफन्त कार्की परिवारकै एक छिमेकी पक्राउ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !