१३ बैशाख २०८१, बिहिबार

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर


काठमाडौं । संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग–यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही पाटोलाई केलाएका छौं ।

हत्या घटनापछि अनुसन्धानका लागि प्रदेश १ का डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालयको अर्काे टोली पुगेको थियो ।

ती सबै टोलीले आ आफ्नो तवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए । फलस्वरूप हत्याको पाँचौं दिन प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्या अभियोगमा पक्राउ ग¥यो ।

विविध पाटोमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले सुरुदेखि नै उनलाई आशंकामा नराखेको होइन । तर, विश्वस्त प्रमाण भने फेला पार्न सकेको थिएन ।

सुरुमै उनीप्रति आशंका गरिनुको पहिलो कारण हो, मृतक तेजबहादुर कार्कीको शव भएको ठाउँ । उनले जुन ठाउँमा तेजबहादुरको शव छ भनेका थिए, त्यो ठाउँबाट शव देखिँदैनथ्यो । त्यसो भए उनले कसरी त्यो ठाउँमा शव छ भने त ? प्रहरीले उनको यो भनाइलाई नोटिस गर्दै उनलाई शंकाको घेरामा राखेको थियो । र, भित्री रूपमा जवाफ पनि खोजिरहेको थियो । तर, उनको हाउभाउ, व्यवहार, शारीरिक अवस्थाका कारण प्रहरी आफंै अलमलमा परेको थियो ।

मृतक लोकबहादुरको घरबाट करिब २० मिटरको दूरीमा तेजबहादुरमाथि पहिलोपटक प्रहार भएको थियो । जुन ठाउँमा रगत पनि देखिएको थियो । तर, भाग्ने क्रममा उनी सडकको तल्लो भागमा पुगे । त्यहीँ उनको मृत्यु भएको थियो । तर, बाटोबाट शव भने देखिँदैनथ्यो ।

तर, कक्षा १० मा अध्ययनरत नातामा लोकबहादुरका भाइ पर्ने एक किशोरलाई उनले तेजबहादुरलाई कसले मारेछ भनेर सोध्न लगाएका थिए ।

उनीमाथि प्रहरीले शंका गर्नुको अर्काे कारण हो, तेजबहादुरको हत्या भएको स्थान । तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरको घरनजिकै थियो । यदि कोही आपराधिक गिरोहले तेजबहादुर र उनको परिवारको हत्या गरेको थियो भने उनकै घर आसपासमा हुन सक्थ्यो । तर, कसरी लोकबहादुरको घरनजिक हुन गयो ? यसलाई पनि प्रहरीले अनुसन्धानको विषय बनाएको थियो ।

अर्काे कुरा हो, जुन ठाउँमा तेजबहादुरको हत्या भएको थियो । त्यसबेला लोकबहादुरका बाबु र भाइ घरमा थिएनन्, लोकबहादुर मात्रै थिए । यदि बाहिरका मान्छेबाट तेजबहादुरको हत्या भएको थियो भने नजिकै रहेका उनले किन थाहा पाएनन् ? यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !