२४ बैशाख २०८१, सोमबार

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक


विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

गत सोमबार संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !