२१ बैशाख २०८१, शुक्रबार

प्रभुराम शर्माले लिए प्रधानसेनापतिको नियुक्ति पत्र


प्रभुराम शर्माले लिए प्रधानसेनापतिको नियुक्ति पत्र

काठमाडौं । कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्ति पत्र लिएका छन् । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले आज बुधवार बलाधिकृत रथी शर्मालाई नियुक्ति पत्र पत्र प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २४ गतेबाट लागु हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । उनी गत श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति रहेका छन् ।

साथै शर्मालाई पौड्यालले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् । कार्यक्रममा नेपाली सेनाका पिएसओज, रथीवृन्द तथा रक्षा मन्त्रालयका अधिकृतहरूको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

को हुन् नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्मा ?

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

प्रधानसेनापति थापाद्वारा कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !