१८ बैशाख २०८१, मंगलबार

दार्चुला तुइन घटना : भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष


दार्चुला तुइन घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । दार्चुला तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको छानबिन समितिको निष्कर्ष निकालेको छ । उक्त छानबिन समितिले समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे गृह मन्त्रालयले छानबिन गर्न गठित समिति भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारत समक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको गृह मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज मंगलबार साँझ गृह मन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् । यस सम्बन्धी संक्षिप्त जानकारीसहितको विवरण गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काएपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए ।

छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

यस्तो छ गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

दार्चुला तुइन घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन

सरकारको निर्णय : जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने

दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

दार्चुला घटनाको सत्यतथ्थ पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

दार्चुला तुइन घटना प्रकरण : ७ दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

महाकाली घटनाको छानविन समिति व्यास प्रस्थान

सरकारद्वारा दार्चुला घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसे नेपाली युवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !