४ जेष्ठ २०८१, शुक्रबार

सरकारको निर्णय : जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए । दार्चुलामा तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएका उनी अझै फेला परेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !