१५ बैशाख २०८१, शनिबार

विजय शाही कालिकोटमा जीवित भेटिए, फेसबुकमा आएको सामग्री झुठो


काठमाडौँ । आफूलाई ‘मेमोरी किङ’ दावी गर्ने युवा विजय शाही कालिकोटमा जीवित भेटिएका छन् । सामाजिक संजाल फेसबुक उनले आत्महत्या गरेको भनेर एकाएक भाइरल फोटो भएको तस्वीर झुठो सावित भएको छ ।

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनी कालिकोटमा भेटिएका छन् । यस्तो सामग्री फेसबुकमा किन पोष्ट गरियो भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले बिजय महावै गाउँपालिकास्थित आफ्नै घरमा विरामी भएर आराम गरिरहेको बताएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको हो ।

बिजय शाहीका शिक्षक दिपक बहादुर शाहीले शुरुमा बिजयको फोटो सहित फेसबुकमा पोष्ट गरेका थिए । बिजयलाई अस्पताल लैजादा-लैजादै निधन भएको उनले लेखेकाले सोहीको आधारमा धेरैले उनलाई फेसबुकमा श्रद्धान्जली दिएका थिए ।

तर दिपकले अहिले उक्त पोष्ट फेसबुकवाट हटाइसकेका छन् । सामाजिक संजालमा भाइरल भएको विजय शाहीको उक्त फोटोमा शरीरमा सेतो कपडा र पिताम्बरले ओढाइएको, नाकमा कपास राखिएको देख्न सकिन्छ ।

कालीकोटका विजयले यसअघि मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेको भनेर समाचार समेत प्रकाशित भएका थिए । शाहीले १ मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएको भनेर समाचार आएका थिए ।

विजयको नाम युट्युबमा भिडियो भाइरल भएर अहिले नकरात्मक दृष्टिकोणले निकै चर्चामा छ । उनका सामाजिक संजालमा अनेक नकरात्मक मिम बनिरहेका छन् । उनलाई केहीले प्रोत्साहन गनुपर्ने बताईरहेका छन् भने कतिले उनलाई उडाई रहेका छन् ।

विजय शाही कालिकोटमा जीवित भेटिए, फेसबुकमा आएको सामग्री झुठो
दिपक बहादुर शाहीले फेसबुकमा पोष्ट गरेको फोटो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !