बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय Nepalpatra बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय
२१ आश्विन २०७९, शुक्रबार

बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय


बीर भक्ति थापा

काठमाडौँ । नेपाल सरकारले बीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा २०७८ साल असार १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गराउने निर्णय गरेको हो ।

नेपाल सरकार प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रिपरिषद्का निर्णयहरु आज सञ्‍चार मन्त्रालयमा सार्वजनिक गर्दै उनले सो जानकारी गराएका हुन् ।

लामो समय अघिदेखि वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले उनलाई पनि राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने भन्दै माग राख्दै आएको थियो । नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका थापालाई ढिलै भएपनि राष्ट्रिय विभूति घोषणा गरेर सरकारले उचित सम्मान दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !