११ बैशाख २०८१, मंगलबार

बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय


बीर भक्ति थापा

काठमाडौँ । नेपाल सरकारले बीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा २०७८ साल असार १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गराउने निर्णय गरेको हो ।

नेपाल सरकार प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रिपरिषद्का निर्णयहरु आज सञ्‍चार मन्त्रालयमा सार्वजनिक गर्दै उनले सो जानकारी गराएका हुन् ।

लामो समय अघिदेखि वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले उनलाई पनि राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने भन्दै माग राख्दै आएको थियो । नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका थापालाई ढिलै भएपनि राष्ट्रिय विभूति घोषणा गरेर सरकारले उचित सम्मान दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !