२५ बैशाख २०८१, मंगलबार

इन्धनको मूल्य बढ्यो, १०२ रुपैयाँ पेट्रोल अब लिटरको खाना पकाउने ग्यास पनि महंगियो


Petrol_pump_mp3h0354

१७ पुस, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य नेपाल सरकारले फेरि बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने नेपाल आयल निगम सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टितेलमा एक-एक रुपैयाँ मूल्य बढाइएको छ। यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले जानकारी दिए।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ। डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ। यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ। हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेकोछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !