२३ बैशाख २०८१, आइतबार

दैलेख जिल्लामा आज एकैदिन थपिए कोरोनाका २८ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन १२ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

दैलेख जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका-६, १० र १२ का २८ जना रहेका छन् । यो भन्दाअघि दैलेख जिल्लामा हिजो मात्र पनि एकैदिन थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१० पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१० पुग्यो

दैलेख जिल्लामा आज एकैदिन थपिए कोरोनाका २५ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !