धनगढी, साउन १२ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
दैलेख जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका-६, १० र १२ का २८ जना रहेका छन् । यो भन्दाअघि दैलेख जिल्लामा हिजो मात्र पनि एकैदिन थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१० पुग्यो