५ जेष्ठ २०८१, शनिबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हुन् : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताउएका छन् ।

“प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु”, उनले भनेका छन् ।

सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वका हिसाबले आफू सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !