१९ पुस २०८१, शुक्रबार

घमण्डले आफूलाई मात्र नभएर क्षति गर्छ अरूलाई पनि


घमण्डी शक्तिशाली रावण
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विश्वका सम्पन्नशाली खराब सोचका मानिसहरूका कारण विश्वका जनताले दु:ख भोग्नुपरेको यथार्थ हो । यस्तो क्रियाकलाप हामीले विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरु र नेपालभित्र पनि देख्न सकिन्छ । मानिसले अरूको प्रगति देखी सक्दैन, ईर्ष्या जागेर मानिसमा आएको यो खराव मनुष्यको प्रवृति हो । केहि गर्नुपर्छ र मात्र अघि सर्न सकिन्छ भन्ने भावनाको विकास भएमा दुवैको कल्याण हुन्छ ।

विश्वका सम्पन्नशाली खराब सोचका मानिसहरूका कारण विश्वका जनताले दु:ख भोग्नुपरेको यथार्थ हो ।

धर्म-संस्कृति जब जब लोपोन्मुख हुन थाल्छ त्यहाँ पापले स्थान लिन थाल्छ । केहि विकृति हटाउन केहि गर्नुपर्ने हुन सक्छ । रोग नै नभए देश त्यसै सम्पन्न हुन्छ । रोग लागेर उपचार नै सम्भव नभएका त्यस्ता व्यक्ति बाँचेर कुनै अर्थ छैन ।

धर्म संस्कृतिप्रति सबैको सोच परिवर्तन भएमा देशमा आमुल परिवर्तन निश्चित छ । यो कलियुग समाप्त हुदै सत्यको शुरूवात हुदैछ । खराब मान्छेको सफाई हुदै राम्रो मान्छेको उदय शुरू हुनेक्रम बढ्दैछ । मैले खराब भनेका मान्छे सहि पनि हुनसक्छ यसमा दुईमत छैन ।

यो कलियुग समाप्त हुदै सत्यको शुरूवात हुदैछ । खराब मान्छेको सफाई हुदै राम्रो मान्छेको उदय शुरू हुनेक्रम बढ्दैछ ।

सनातन धर्म संस्कृतिको संरक्षण गर्नेतर्फ सवै लागौं । कसैको अहित गर्नाले यसको प्रतिफल राम्रो नहुने निश्चित छ । सेवाको भावना लिएका व्यक्ति या राष्ट्र कहिलै पछि हुदैन र हड्दैन पनि । अरूको अहित गर्ने सधै पछाडि परेको हुन्छ । यसमा दुईमत छैन ।

यसै सन्दर्भमा एउटा बाबुले छोरो कुमार्गी भएकाले सधै गाली गर्दो रहेछ । यो कुरा छोरालाई मन-मनमा रिस उठेको रहेछ । एकदिन बाबुलाई मार्छु भनेर कुनामा लुकेर बसेको रहेछ । भित्र आमा-बाबुको झगडा चल्दै रहेछ । झगडा पर्नुको कारण छोराले केहि गरेन । यो सम्मत्ति हामीलाई किन चाहियो । यो सवै छोराकै हो । मैले उसैको भलाई होस् भनेर गाली गर्छु, उ बनोस् भन्ने मात्र हाम्रो उद्धेश्य हो भन्नासाथ छोराले हतियार फालेर बाबुआमासंग क्षमा मागेको हुन्छ ।

घमण्डले कसैलाई हित गर्दैन । चाहे अमेरिका होस् या चाइना होस् या कोरिया होस या जुनसुकै राष्ट्र किन नहोस् सवै मिलेर अघि बढ्नुपर्छ । आ-आफ्नै खुबीमा अघि बढ्न दिनुपर्छ । कसैको बिनास गर्ने सपनाले स्वयम् एकदिन बिनास हुन पुग्नसक्छ । सत्यको बिजय सधै हुन्छ ।

कसैको बिनास गर्ने सपनाले स्वयम् एकदिन बिनास हुन पुग्नसक्छ । सत्यको बिजय सधै हुन्छ ।

यो धर्तीमा झगडा हुनुको पछि सवैभन्दा ठूलो कारण महिला हो । यदि महिला नभई दिएको भए शक्तिशाली रावण रामको हातबाट मर्नुपर्ने थिएन । झगडाको विउ भनेको लोभ र लालच हो । यसलाई जबसम्म हामी त्याग्न सक्दैनौं तबसम्म हामीले चाहेर पनि अघि बढ्न सक्दैनौं । देश अघि बढ्नको लागि स्वयम् उद्योगमा लाग्न सक्नुपर्छ । कम खर्च बढि आम्दानी बढी बचत खर्च कम भए देशको भविष्य त्यसै उज्ज्वल हुनेछ ।

यो धर्तीमा झगडा हुनुको पछि सवैभन्दा ठूलो कारण महिला हो । यदि महिला नभई दिएको भए शक्तिशाली रावण रामको हातबाट मर्नुपर्ने थिएन ।

यो पनि पढनुहोस्

लकडाउन भनेको के हो ?

मानिसले किन घमण्ड गर्छन् ?

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !