२१ बैशाख २०८१, शुक्रबार

एउटै प्रेमीसँग डेट गइरहेका जुम्ल्याहा दिदी बहिनीको यस्तो कथा !


जुम्ल्याहा

एजेन्सी । अष्ट्रेलियाका जुम्ल्याहा दिदीबहिनीको विवाह हुने भएको छ तर एउटै केटासँग । उस्तै देखिने दिदीबहिनीले एउटै व्यक्तिसँग विवाह गर्न लागेका छन् । अस्ट्रिेलियाको पर्थ शहरका जुम्ल्याहा दिदीबहिनी एना र लुसी डेसिक उस्तै देखिनलाई उनीहरुले आइब्रो, ओठ, गाला र ब्रेस्ट इम्प्लान्ट जस्ता सर्जरी गरेर एक लाख डलरभन्दा बढी खर्च गरीसकेका छन् ।

उनीहरुले एउटै काम, एउटै कार, एउटै फेसबुक एकाउन्ट र एउटै प्रेमी पनि सेयर गर्ने गर्छन् । ती दुवै जनाले एउटै प्रेमी ब्रायन नामका पुरुषसँग डेट गइरहेका छन् । उनीहरु दुवैजनाले ब्रायनको बच्चा एकैसाथ जन्माउन चाहेका छन् । ब्रायनले दुवैसँग एउटै व्यववार गर्न मुस्किल काम भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !