२२ बैशाख २०८१, शनिबार

आफ्नै श्रीमतीको सहमतिमा ६० वर्षीय वृद्धले गरे २३ वर्षीया युवतीसँग विवाह


नायिका श्वेता खड्का विवाह

ऐजेन्सी । भारतको झारखाण्डमा भएको एक घटनाले सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।

अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् ।

छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् । श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको खबर समाचार पत्रले उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !