१४ बैशाख २०८१, शुक्रबार

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

बैतडी घटना प्रकरणका दोषीलाई आज सार्वजनिक गरिदै


भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदैछ । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको हो ।

बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै ती छात्रले प्रहरीसमक्ष स्वीकार गरेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शनिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडी समेत पुर्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !