१३ बैशाख २०८१, बिहिबार

युट्युबमा भाइरल सन्तोषी हत्या आरोपमा बौद्धबाट एक युवा पक्राउ


सन्तोषी सुब्बा

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको छ । हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।

उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ ।सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ ।

प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए ।

स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो। महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो।

काठमाडौं-७ कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर आफूसँगै राखेका थिए । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पक्राउ गरिएको बताउने प्रहरीले उनको संलग्नता नदेखिएको बताइएको छ । उनी धनबहादुरसँग १५/१६ वर्षदेखि बस्दै आएको देखिएको छ ।

शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बा केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । गलाबाट थरीथरीका आवाज निकाल्ने गरेका कारण उनी भइरल भएकी थिइन् ।

उनले दिएको अन्तरवार्ता समेत अहिले युट्युवमा हेर्न सकिन्छ । उनले कोइली, काग, कुखुरा, ढुकुर लगायतको आवाज निकालेको भिडियोहरु सामाजिक सञ्जालमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !