१५ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोक मेलम्ची पहिरो (अपडेट) : ८ जनाको शव भेटियाे


सिन्धुपाल्चोक मेलम्ची पहिरो

सिन्धुपाल्चोक, साउन १९ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ८ जना सवैको शव भेटिएको छ । शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताएका छन् ।

सोमबार बिहान साढे ३ बजेतिर गैह्री बजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । ७ जना नेपाली र १ जना भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका थिए भने १ जनाको जीवितै उद्धार गरिएको छ ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए।

उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो : ८ जना बेपत्ता, १ जनाको जीवितै उद्धार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !