२६ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो : ८ जना बेपत्ता, १ जनाको जीवितै उद्धार


सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो

सिन्धुपाल्चोक, १९ साउन । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची-११ मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका र १ जनाको जीवितै उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !