२५ बैशाख २०८१, मंगलबार

धरानमा आगलागी : तरकारी बजारमा विद्युत् सर्ट हुँदा ११ पसल जले


धरानमा आगलागी

धरान, साउन १२ । सुनसरी जिल्लाको सिन्दर नगर धरान उपमहानगरपालिका-३ रहेको पालिका तरकारी बजारमा विद्युत् सर्ट भएर आगलागी भएको छ । बिहान साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो ।

उक्त आगलागीबाट ११ जनाको फलफूल, तरकारी तथा कस्मेटिक पसल, किराना पसल, होटल, जलेका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले दिएको जानकारी अनुसार ११ वटा पसल जलेर पूर्ण रुपमा नष्ट हुँदा लगभग ५२ लाख बराबरको क्षति भएको छ ।

आगलगी हुँदा कल्पना तामाग, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

पालिका तरकारी बजार क्षेत्रका सबै पसलेहरुले आइतबार बेलुका ८ बजे पसल बन्द गरी घर गएका थिए । टिनको छाना भएपनि बाँस, प्लास्टिक प्रयोग गरिएको छाप्री भएकाले सहजै आगलागी फैलिएको थियो । स्थानीय समुहदाय धरान उपमहानगरपालिकाको दमकल, नगर प्रहरी र जनपद प्रहरीलाई आगो नियन्त्रण गर्न लगभग १ घण्टा जति लागेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !