२१ बैशाख २०८१, शुक्रबार

लिबियाका पूर्वप्रधानमन्त्री जिब्रिल कोरोनाबाट मृत्यु


लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिल

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए ।

सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए । एलायन्सका सेक्रेटरी खलेद अल-म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !